२०८३, १ भाद्र मंगलबार

काभ्रेको मण्डनदेउपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काभ्रेको मण्डनदेउपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो


काभ्रे, १० कात्तिक : काभ्रेको मण्डनदेउपुर नपा ६ ढकालथोकमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।आज बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मण्डनदेउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको घटनास्थलमै र नेपाल प्रहरीका बहालवाला डिआइजी शुशिल भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा आजै भएको अर्को दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ वर्षकी रञ्जना गौतम रहेको प्रहरीले जनाएको छ । सो घटनामा मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो । उनीहरु बनेपा अस्पतालबाट तिनपिप्ले स्थित घर फर्कदै थिए ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : २१ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा