काठमाडौं । बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सडक मर्मत र बाढीका कारण यातायात सञ्चालनमा अवरोध पुगेको जनाएको हो।
प्रहरीका अनुसार चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डमा पर्ने घोप्टेभिर क्षेत्रमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिएको छ। उक्त क्षेत्रमा भइरहेको सडक मर्मत कार्यलाई तीव्रता दिन सवारी सञ्चालनमा रोक लगाइएको हो।
यसैगरी, गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल अवरुद्ध भएसँगै स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा समस्या परेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया