२०८३, १३ मंसिर आईतबार

सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते

सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते


सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित बागवानी केन्द्र नजिक पूर्व–पश्चिम राजमार्गमा अपरिचित समूहले धारिलो हतियार प्रहार गरी एक व्यक्तिको मोटरसाइकल लुटेको छ।

शनिबार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेका ३७ वर्षीय सुजित कुमार सिंहमाथि आक्रमण भएको हो। महोत्तरीको सम्सी गाउँपालिका–१ घर भई हाल लालबन्दी–७ बस्दै आएका सिंहमाथि नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणकारीले सिंह सवार मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो मोटरसाइकल समेत लुटेर फरार भएका छन्।

प्रहरीका अनुसार हरिवन बजारबाट पसलको उधारो रकम उठाएर घर फर्कने क्रममा सिंहमाथि आक्रमण भएको हो। यद्यपि, उनले बोकेको नगद लुटिएको वा नलुटिएको विषयमा यकिन विवरण आउन बाँकी छ।

आक्रमणबाट दुवै हात र पेटमा चोट लागेका सिंहको हाल लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ। सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले घाइतेको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिए। घटनास्थलमा गोली समेत चलेको भन्ने स्थानीयको भनाइ रहे पनि प्रहरीले त्यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ।

प्रहरीले फरार आक्रमणकारी र लुटिएको मोटरसाइकलको खोजी कार्य तीव्र पार्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


प्रकाशित मिति : २०८३, १३ मंसिर आईतबार  १० : ३९ बजे

विद्यालय नजिकै भएको विस्फोटमा १० जानको मृत्यु, ११० जना घाइते

काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालय नजिकै भएको विस्फोटमा

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन

पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी बन्द, गोरखाको सोती–मान्बु पुल अवरुद्ध

काठमाडौं । बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलहरूमा

सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित बागवानी केन्द्र नजिक पूर्व–पश्चिम

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्ने सवारी चालकविरुद्ध