२०८३, ११ मंसिर शुक्रबार

वैकल्पिक आवासबिनै सुकुमवासीलाई सडकमा धकेल्ने सरकारको कदमप्रति एमालेको आपत्ति

वैकल्पिक आवासबिनै सुकुमवासीलाई सडकमा धकेल्ने सरकारको कदमप्रति एमालेको आपत्ति


काठमाडौं । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुमवासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारको निर्णयलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

उनले घर भत्काएर पुनर्वासको आश्वासन दिने तर महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारी कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत रहेको बताएका छन्।

‘राज्य नागरिकको अभिभावक हो, बेघर नागरिकलाई थप बेघर बनाउने निकाय होइन,’ आचार्यले भनेका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन हुनुपर्ने एमालेको धारणा छ।

एमालेले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय तत्काल फिर्ता लिन र उनीहरूका लागि सुरक्षित तथा वैकल्पिक आवासको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २०८३, ११ मंसिर शुक्रबार  १० : ३५ बजे

यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमयदर, अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ६२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

उपत्यकामा ट्राफिक प्रहरीको कारबाही तीव्र, २४ घण्टामै ८८४ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध प्रहरीले

गल्फको रोमाञ्चसँगै स्कोडा एसयूभी जित्ने अवसर, ग्लोबल आइएमई प्लाटिनम गल्फ हुँदै

काठमाडौं । खेलकुद, मनोरञ्जन र आकर्षक पुरस्कारको संगमका रूपमा ग्लोबल

वैकल्पिक आवासबिनै सुकुमवासीलाई सडकमा धकेल्ने सरकारको कदमप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित

अन्तर्राष्ट्रिय मञ्चमा ग्लोबल आइएमईको सफलता, भिसाका दुई प्रतिष्ठित अवार्ड हात पार्‍यो

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको