काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो। सहयोग वितरण कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
पोशाक र शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउनुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकिङ सेवा प्रवाहसँगै शिक्षा, सामाजिक विकास र सामुदायिक आवश्यकतामा योगदान पुर्याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत आफ्ना बैंकिङ सेवा प्रदान गर्दै आएको छ।







प्रतिक्रिया