काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसक्रममा उनलाई गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ।
औपचारिक स्वागतपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
राजघाटको कार्यक्रमपछि उनी हैदरावाद हाउस पुग्नेछन्। त्यहाँ भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।
उक्त भेटवार्तालाई नेपाल–भारतबीचको राजनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा तथा आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।







प्रतिक्रिया