२०८३, २७ आश्विन बुधबार

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २८औँ वार्षिक साधारणसभाले ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बोनस शेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार शेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने जनाइएको छ।

बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम पनि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले रोशन केसीलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

माछापुच्छ्रे बैंकले विगतका वर्षहरूमा बोनस शेयर र नगद लाभांशमार्फत शेयरधनीलाई प्रतिफल वितरण गर्दै आएको छ। उपलब्ध विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा १६ प्रतिशत, २०७६/७७ मा १०.४० प्रतिशत, २०७७/७८ मा १४ प्रतिशत र २०७९/८० मा १४ प्रतिशत लाभांश वितरण गरेको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ८ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश पारित गरेको छ। यसपटकको लाभांशमा ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश समावेश छन्।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ७ : ५० बजे

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत, नैतिकता र योग्यतामाथि उठेका प्रश्नले रोकियो नियुक्ति

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट

माछापुच्छ्रे बैंकको लाभांश पारित, शेयरधनीलाई ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बोनस शेयर र नगद