२०८३, २७ आश्विन बुधबार

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 


एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको छ । ग्वाङ्दोङ प्रान्तस्थित वेङयुआन काउन्टीमा करिब २ हजार ४ सय हेक्टर क्षेत्रफलमा अर्किड फूलको खेती गरिन्छ।

उक्त क्षेत्रबाट चीनमा उत्पादन हुने चिनियाँ अर्किडको ६० प्रतिशतभन्दा बढी आपूर्ति हुने गरेको छ। अहिले अर्किडका केही प्रजाति बिक्रीको मुख्य सिजन हो । 

काउन्टीस्थित एक अर्किड खेती फार्मंका कामदारहरू फूलका बिरुवामा पानी हाल्ने, हावाको उचित आवागमन मिलाउने र पातहरू काँटछाँट गर्ने काममा व्यस्त देखिन्छन्। ‘यतिबेला हाम्रो बिक्री तथा ढुवानीको परिमाण अघिल्ला दुई महिनाको तुलनामा एक तिहाइले बढ्नेछ। यस वर्ष केही प्रजातिका अर्किड अत्यन्त राम्रोसँग बिक्री भएका छन्,’ वेङयुआन काउन्टीस्थित अर्किड खेती उद्यमका प्रमुख लिउ युआनले भने । 

काउन्टीमा अर्किडका बिरुवाको टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्ने १८ वटा प्रयोगशाला छन्। यहाँ वार्षिक रूपमा ८ करोडभन्दा बढी अर्किडका बिरुवा उत्पादन हुने गरेका छन्। स्थानीय भन्सारको तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा उक्त काउन्टीबाट ३६० टनभन्दा बढी अर्किड निर्यात गरिएको छ। (सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  १ : २९ बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण