२०८३, २६ आश्विन मंगलबार

अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने

अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने


काठमाडौं । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा उक्त सहयोग घोषणा गरेकी हुन्।

सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधार, ८ मिलियन डलर खानेपानी, सरसफाइ, आश्रय तथा जीविकोपार्जन र १३ मिलियन डलर अमेरिकी ड्रोन उपलब्ध गराउन खर्च गरिनेछ।

बाढीबाट प्रभावित नेपाली नागरिक तथा सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति हुकरले समवेदना व्यक्त गरेकी थिइन्।

यस घोषणासँगै बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकाले नेपाललाई उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : ०१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका