२०८३, २६ आश्विन मंगलबार

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबार सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्टै पुनः ठूलो वृद्धि भएपछि सुनको मूल्य तीन लाख रुपैयाँको सीमाभन्दा माथि उक्लिएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ७ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा कारोबार भइरहेको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्यमा देखिएको पछिल्लो उतारचढावले नेपाली बजारमा पनि दैनिक कारोबार मूल्यमा ठूलो प्रभाव पारेको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ११ : २९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका