२०८३, २६ आश्विन मंगलबार

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग


काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप बढाएको छ। चीन सरकारले घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् झन्डै ३० करोड रुपैयाँ नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

यससँगै चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ नगद पनि हस्तान्तरण गरिएको छ। राजदूत माओमिङले विपद्को कठिन घडीमा नेपाल र चीन मिलेर चुनौतीको सामना गर्ने बताएका छन्। उनका अनुसार चीनबाट राहत सामग्री र उद्धार टोली नेपाल आउने क्रम जारी छ।

चीनले आइतबार मात्रै दुईवटा विमानमार्फत करिब ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत राहत सामग्री काठमाडौं ल्याएको छ। सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको छ भने थप उद्धार प्राविधिक पनि आइपुगेका छन्। नेपाल सरकारले माग गरेको ठूलो परिमाणमा राहत सामग्री बोक्न सक्ने ड्रोन नेपाल पठाउने तयारीसमेत चीनले तीव्र बनाएको राजदूतले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : २७ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका