२०८३, २६ आश्विन मंगलबार

बाढीपहिरो पीडितका लागि लुम्बिनी विकास बैंकको २५ लाख सहयोग

बाढीपहिरो पीडितका लागि लुम्बिनी विकास बैंकको २५ लाख सहयोग


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका अध्यक्ष चिन्तामणी भट्टराई, प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भदौ १२ गते २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।

प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा पनि समुदायको हित र विपद् प्रभावितको सहयोगमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ५९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका