२०८३, ९ कार्तिक सोमबार

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल


सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत तर्फबाट आएको बिनासकारी बाढीले बगाएर वेपत्ता भएका आफन्तजनको बिबरण जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई उपलव्ध गराउन अपील गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत अपीलगर्दै ले आज सो अपील गर्नुभएको हो ।
आफन्तजन वाढीमा परेर सम्पर्कमा नआएकाले खोजतलासमा सहयोग गर्न भन्दै नागरिकले निरन्तर फोन गर्न थालेपछि एमाले सिन्धुलीका उपाध्यक्ष समेत रहेका नेता घिसिङले सामाजिक सञ्जालमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर सार्वजनिक गर्दै नागरिको खोजतास गर्ने काम जारी रहेकाले धैर्य धारण गर्न र नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छः रसुवाको अकल्पनीय विपत्तिमा परेर हराइरहनु भएका सिन्धुली जिल्लाका आफन्तजनको खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछु । साथै विपत्तिको यस घडीमा संयमित रहनु अपिल गर्दछु । प्रजिअः ९८५४०६७७७७ सहायक प्रजिअः ९८५–४०७७७१३
सिन्धुली प्रशासनका अनुसार अहिलेसम्म सिन्धुली जिल्लामा ३६ जना सम्पर्क बिहिन भएको भन्दै परिवारका सदस्यले जानकारी गराएको छ । यो क्रम बढेर जाने बताइएको छ ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १ : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि