२०८३, १० भाद्र बिहीबार

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल


सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत तर्फबाट आएको बिनासकारी बाढीले बगाएर वेपत्ता भएका आफन्तजनको बिबरण जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई उपलव्ध गराउन अपील गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत अपीलगर्दै ले आज सो अपील गर्नुभएको हो ।
आफन्तजन वाढीमा परेर सम्पर्कमा नआएकाले खोजतलासमा सहयोग गर्न भन्दै नागरिकले निरन्तर फोन गर्न थालेपछि एमाले सिन्धुलीका उपाध्यक्ष समेत रहेका नेता घिसिङले सामाजिक सञ्जालमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर सार्वजनिक गर्दै नागरिको खोजतास गर्ने काम जारी रहेकाले धैर्य धारण गर्न र नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छः रसुवाको अकल्पनीय विपत्तिमा परेर हराइरहनु भएका सिन्धुली जिल्लाका आफन्तजनको खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछु । साथै विपत्तिको यस घडीमा संयमित रहनु अपिल गर्दछु । प्रजिअः ९८५४०६७७७७ सहायक प्रजिअः ९८५–४०७७७१३
सिन्धुली प्रशासनका अनुसार अहिलेसम्म सिन्धुली जिल्लामा ३६ जना सम्पर्क बिहिन भएको भन्दै परिवारका सदस्यले जानकारी गराएको छ । यो क्रम बढेर जाने बताइएको छ ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १ : ४७ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री