काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै कृषि विकास बैंक लिमिटेडले आकर्षक ‘ADBL Auto Loan’ योजना सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सहज र दीर्घकालीन कर्जा सुविधा अघि सारेको हो।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिनेछ। कर्जाको भुक्तानी अवधि अधिकतम ७ वर्षसम्म रहने भएकाले ग्राहकले आफ्नो आम्दानी र आर्थिक क्षमताअनुसार मासिक किस्तामार्फत कर्जा भुक्तानी गर्न सक्नेछन्। अटो लोनमा प्रतिस्पर्धी ब्याजदर, सहज मासिक किस्ता तथा ग्राहकको आवश्यकताअनुसार कर्जा संरचना मिलाउने सुविधा रहेको बैंकले जनाएको छ। पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधनको आकर्षण बढिरहेका बेला बैंकले EV खरिदलाई समेत प्राथमिकता दिएको जनाएको छ।
सवारी किन्न चाहनेलाई सहज वित्तीय विकल्प
आफ्नो आम्दानीबाट एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटाउँदै बैंकको अटो लोनले सवारी खरिदलाई किस्तामा व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ। विशेषगरी नियमित आम्दानी भएका कर्मचारी, व्यवसायी तथा स्वरोजगार व्यक्तिका लागि यस्तो कर्जा उपयोगी हुने बैंकको विश्वास छ।
कर्जा लिन चाहने ग्राहकले नागरिकताको प्रतिलिपि, फोटो, आम्दानीको स्रोत खुल्ने कागजात तथा खरिद गर्न लागेको सवारीसाधनको कोटेसनलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ। कर्जाको स्वीकृति तथा अन्य प्रक्रिया बैंकको प्रचलित नियमअनुसार हुनेछ।
कृषि तथा ग्रामीण अर्थतन्त्रको विकासमा लामो समयदेखि भूमिका खेल्दै आएको कृषि विकास बैंकले पछिल्लो समय परम्परागत बैंकिङ सेवासँगै ग्राहकको बदलिँदो आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै विभिन्न खुद्रा बैंकिङ तथा कर्जा सुविधा विस्तार गर्दै आएको छ।
देशभर फैलिएको शाखा सञ्जालमार्फत बैंकले अटो लोन सेवा उपलब्ध गराउने जनाएको छ। ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जाको ब्याजदर, आवश्यक कागजात, योग्यता, धितो तथा अन्य सर्तबारे विस्तृत जानकारी लिन सक्नेछन्।
आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि कृषि विकास बैंकको ADBL Auto Loan ‘एकैपटक ठूलो रकम’ खर्च नगरी आफ्नो सपनाको गाडी घरमा ल्याउने वित्तीय विकल्प बनेको छ।






प्रतिक्रिया