२०८३, २६ आश्विन मंगलबार

ज्योति विकास बैंकको नाफामा ‘बम्पर’ उछाल, एक वर्षमै ९०५ प्रतिशत वृद्धि

ज्योति विकास बैंकको नाफामा ‘बम्पर’ उछाल, एक वर्षमै ९०५ प्रतिशत वृद्धि


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा ठूलो सुधार गरेको छ। बैंकको खुद नाफा एकै वर्षमा करिब १० गुणाले बढेर १ अर्ब रुपैयाँ नाघेको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा जम्मा १२ करोड २० हजार रुपैयाँ थियो। यस आधारमा बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेको हो।

ब्याज आम्दानी पनि बलियो

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीको सुधारले पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ थियो। बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशतले बढेर २ अर्ब ८१ करोड ३५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ४७ करोड ६ लाख ४४ हजार रुपैयाँ थियो।

सञ्चालन मुनाफामा ३६० प्रतिशतको छलाङ

बैंकको सञ्चालन मुनाफामा भने अझ ठूलो सुधार देखिएको छ। असार मसान्तसम्म सञ्चालन मुनाफा ३६०.१४ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ३८ करोड ९८ लाख २१ हजार रुपैयाँ मात्र थियो। यसले बैंकको समग्र सञ्चालन क्षमता र आम्दानीमा उल्लेख्य सुधार आएको संकेत गरेको छ।

वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट सकारात्मक

बैंकको वितरणयोग्य मुनाफामा पनि ठूलो परिवर्तन आएको छ। समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। एक वर्षमै ऋणात्मक अवस्थाबाट वितरणयोग्य मुनाफा सकारात्मक अवस्थामा पुग्नु बैंकको वित्तीय सुधारको महत्वपूर्ण पक्ष हो।

प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा २.२८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर गत आर्थिक वर्षमा २२.८८ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १४.८२ गुणा रहेको छ।

यता बैंकको निष्क्रिय कर्जा अनुपात पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७.७५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर गत आर्थिक वर्षको असार मसान्तसम्म ६.५५ प्रतिशतमा सीमित भएको छ।

यसरी हेर्दा ज्योति विकास बैंकले गत आर्थिक वर्षमा नाफा, ब्याज आम्दानी, सञ्चालन मुनाफा, वितरणयोग्य मुनाफा र प्रतिसेयर आम्दानीमा एकैसाथ सुधार गरेको देखिन्छ। अब बैंकको आगामी वित्तीय रणनीति र सेयरधनीलाई दिने प्रतिफलतर्फ बजारको चासो बढ्ने देखिन्छ।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  १२ : ४८ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका