२०८३, २१ श्रावण शुक्रबार

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९:१५ बजे सुरु हुने बैठकमा देशको वर्तमान वित्तीय अवस्था, अर्थतन्त्रका चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत समीक्षा गरिने जनाइएको छ। यो बैठक गभर्नर र डेपुटी गभर्नरहरूसँग हुने नियमित समन्वयभन्दा फरक प्रकृतिको हुनेछ। पहिलो पटक अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

छलफलमा देशको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन, मौद्रिक उपकरणहरूको प्रभावकारी कार्यान्वयन तथा अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी समाधानका व्यावहारिक उपायबारे विचार–विमर्श हुने बताइएको छ। मौद्रिक नीति निर्माण, कार्यान्वयन र नियमनमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँगको अन्तरक्रियाबाट आगामी नीतिगत निर्णय थप प्रभावकारी र तथ्यमा आधारित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ९ : १७ बजे

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी