२०८३, २६ भाद्र शनिबार

फेसबुकको वेब संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन

फेसबुकको वेब संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करणमा आइतबार अचानक प्राविधिक समस्या देखिएको छ। समस्यापछि विश्वका विभिन्न स्थानका प्रयोगकर्ताले आफ्नो फेसबुक खाता खोल्न र प्रयोग गर्न कठिनाइ भोगेका छन्।

फेसबुकको वेबसाइट खोल्ने प्रयास गर्दा “Account temporarily unavailable” भन्ने सन्देश देखिएको छ। कम्पनीले साइटमा आएको प्राविधिक समस्याका कारण केही समयका लागि खाता उपलब्ध नभएको जनाउँदै केही मिनेटपछि पुनः प्रयास गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ।

यता, सेवा अवरोध ट्र्याक गर्ने डाउनडिटेक्टर मा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुकसम्बन्धी गुनासोहरू एक्कासि बढेको देखिएको छ। धेरै प्रयोगकर्ताले वेब संस्करणमा लगइन गर्न नसकेको, पृष्ठ लोड नभएको तथा विभिन्न फिचरले काम नगरेको जानकारी दिएका छन्।

हालसम्म कम्पनीले समस्याको विस्तृत कारण सार्वजनिक गरेको छैन। प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको जनाइएको छ।

मोबाइल एपमा अधिकांश प्रयोगकर्ताले सामान्य रूपमा सेवा प्रयोग गर्न सके पनि ब्राउजर संस्करणमा भने अवरोध देखिएको बताइएको छ।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  २ : ०८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।