२०८३, २६ आश्विन मंगलबार

महँगीबीच राहतः पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, हेर्नुहोस् नयाँ दर

महँगीबीच राहतः पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, हेर्नुहोस् नयाँ दर


काठमाडौं । लगातार बढ्दो महँगीका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार नयाँ मूल्य बुधबार राति १२ः०१ बजेदेखि देशभर लागू भइसकेको छ। यसपटक पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ ले सस्तो भएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) प्रतिकिलोलिटर २६५ अमेरिकी डलर ले घटाइएको निगमले जनाएको छ।

अब नयाँ मूल्य कति?

पेट्रोल

  • पहिलो वर्ग : रु. १९४.५० प्रतिलिटर
  • दोस्रो वर्ग : रु. १९६ प्रतिलिटर
  • तेस्रो वर्ग : रु. १९७ प्रतिलिटर

डिजेल/मट्टितेल

  • पहिलो वर्ग : रु. १९२.५० प्रतिलिटर
  • दोस्रो वर्ग : रु. १९४ प्रतिलिटर
  • तेस्रो वर्ग : रु. १९५ प्रतिलिटर

एलपी ग्यास

  • प्रतिसिलिन्डर रु. १०० ले घटाइएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। मूल्य घटेसँगै ढुवानी खर्च कम हुने र सार्वजनिक यातायातदेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ७ : ५९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका