२०८२, १८ चैत्र बिहीबार

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो


सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा ठूलो परिमाणमा औषधि म्याद सकिएको पाइएको छ। समयमै वितरण नहुँदा म्याद गुज्रिएको औषधि अस्पताल परिसरमै जलाएर नष्ट गरिएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामी आवश्यक औषधि नपाएर निजी मेडिकल पसलबाट किन्न बाध्य छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले म्याद सकिएका औषधि आफ्नो कार्यकालअघिकै भएको दाबी गर्दै औषधि जलाउने निर्देशन आफूले नदिएको बताएका छन्।

स्थानीयले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र अनुगमनको अभाव भएको भन्दै छानबिनको माग गरेका छन्।

स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। उनीहरूले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र नियमित अनुगमनको गम्भीर अभाव रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : ३५ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि