२०८२, ३ चैत्र बुधबार

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ


काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका-८, भङ्गालस्थित एक घर भाडामा लिएर ५ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो।

बंगलादेशबाट काठमाडौं बोलाएर बन्धक बनाई ठगी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो।

पक्राउ पर्नेमा बंगलादेशी नागरिकहरू ३८ वर्षीय आल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन्। यस्तै, काठमाडौंका ३९ वर्षीय बिलाल, भारतका ४१ वर्षीय सरोजकुमार तथा नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३२ वर्षीय शशि पाठक पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २०८२, २२ माघ बुधबार  ९ : ०५ बजे

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने

काठमाडौं । समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गरिने भएको

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ

भक्तपुर । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक,

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा