२०८२, १६ चैत्र मंगलबार

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष


सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कमलामाई नगपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको आयोजनामा आज सिन्धुलीमा भएको जनप्रतिनिधिहरूको भेलाले पार्टीका उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन आ आफ्नो तर्फबाट सबै कामहरू अगाडि बढाउने निष्कर्ष निकालेका छन् ।

सिन्धुली क्षेत्र नं. २ का उम्मेदवारहरू मध्ये एमालेका उम्मेदवार थापा सबै भन्दा सक्षम, निस्कलंक र जनप्रिय भएकाले पनि विजय निश्चित भएको सहभागी जनप्रतिनिधिहरूले निष्कर्ष निकालेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा भएका जनपक्षीय कामहरू बाहिर ल्याउन आवश्यक रहेको कमलामाईकी उपप्रमुख मञ्जु देवकोटाले बताईन् । उनले सबै जनप्रतिनिधिले आफ्नो तर्फबाट पार्टीका उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गर्न सुझाईन्।

एमालेकी केन्द्रिय सदस्य एबम् २ नं क्षेत्र परिचालन कमिटीका संयोजक निरू दर्लामीले यो निर्वाचनमा पार्टी विजय निकट रहेकाले यस पटक पराजय हुने छुट नभएको प्रस्ट परिन् । उनले भनिन् – निर्वाचनमा उच्च मनोबलका साथ कमलामाईमा हाम्रा जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्नुस् । निवर्तमान नगर प्रमुख खड्ग खत्रीले आफ्नो अगुवाइमा भएका राम्रा कामहरू सम्पूर्ण जनप्रतिनिधि र पार्टीका नेताहरूले निर्धक्क राख्न सुझाव दिए । एमाले जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले सिन्धुलीका २ वटै निर्वाचन एमालेले जित्ने उद्घोष गरे । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले पार्टी नेता र उमेदवारको सामु विजयको झण्डा फहराउने उद्घोष गरेका थिए ।

कार्यक्रममा यसै क्षेत्रका उम्मेदवार मनोज जंग थापाले आफ्नो तर्फबाट आउने प्रतिबद्धता र जनप्रतिनिधिले निर्वाह गर्नु पर्ने कामहरू सुझाएका थिए । अझै एमाले क्षेत्र नं २ को बैठकले २१५९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार  ९ : २२ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक