२०८३, २६ आश्विन मंगलबार

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण पाँच वाणिज्य बैंकले सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार यस अवधिमा दुई बैंकको नाफा बढेको छ भने तीन बैंकको नाफा घटेको छ, जसले बैंकिङ क्षेत्र अझै पूर्ण रूपमा सुधारको चरणमा नपुगेको देखाउँछ।

नेपाल बैंक र एभरेष्ट बैंकले नाफा वृद्धि गर्न सफल भएका छन् भने प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।

नेपाल बैंकको नाफा तीन गुणाभन्दा बढी

नेपाल बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी, खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज २ अर्ब ५२ करोडबाट ४७ करोड रुपैयाँमा झरेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा पुगेको छ भने वितरणयोग्य नाफा ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ।

एभरेष्ट बैंकको स्थिर सुधार

एभरेष्ट बैंकले दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले वृद्धि हो। बैंकको सञ्चालन आम्दानी, खुद ब्याज आम्दानी तथा फि–कमिशन आम्दानी सबै सूचक सकारात्मक देखिएका छन्।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।

सिटिजन्स बैंकको नाफा झण्डै ४६ प्रतिशत घट्यो

सिटिजन्स बैंकले साउनदेखि पुससम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४५.७८ प्रतिशतले कम हो। सञ्चालन आम्दानी बढे पनि खुद ब्याज र फि–कमिशन आम्दानी घट्दा बैंकको नाफामा दबाब परेको देखिन्छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

प्रभु बैंकको आम्दानी बढे पनि नाफा घट्यो

प्रभु बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा २४.०८ प्रतिशतले कम हो। बैंकको सञ्चालन, ब्याज तथा फि–कमिशन आम्दानी बढे पनि सञ्चालन मुनाफा २२ प्रतिशतभन्दा बढी घटेकाले नाफामा गिरावट आएको हो। बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गिरावट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको ६ महिनामा १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४३.०५ प्रतिशतले कम हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ।

समग्र अवस्था

पाँच बैंकमध्ये दुई बैंकले नाफा सुधार गरे पनि तीन बैंकको कमजोर प्रदर्शनले बैंकिङ क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गरेको छ। वितरणयोग्य नाफा ऋणात्मक रहनु लाभांशको अपेक्षा गर्ने लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ।

प्रकाशित मिति : २०८२, १५ माघ बुधबार  १ : २९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल