२०८२, १६ चैत्र मंगलबार

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी


काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेको सूचीमा रहेका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा, र राप्रपाको सूचीमा रहेका कुमार बहादुर थापा विरुद्ध उजुरी परेको हो।

उजुरी अनुसार मण्डल आदिवासी तर्फको उम्मेदवार भए पनि मधेसी क्लस्टरमा उम्मेदवारी दिन नपाउने उल्लेख छ। जीवन लामाविरुद्ध उजुरीमा अपांगता नभएको व्यक्तिलाई अपांगता क्लस्टरमा राखिएको दाबी गरिएको छ। राप्रपाका थापाविरुद्ध भने उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बिक्री-बिखन गरेको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको उजुरीमा उल्लेख छ।

निर्वाचन आयोगले सम्बन्धित पक्षलाई माघ १३ गते बिहान १० बजे देखि दिउँसो ४ बजेभित्र कार्यालयमा प्रमाणसहित उपस्थित हुन भनेको छ। आयोगका अनुसार, उपस्थित नभए कानुनअनुसार निर्णय गरिनेछ।

प्रकाशित मिति : २०८२, ११ माघ शनिबार  ६ : ४६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक