२०८२, २२ चैत्र सोमबार

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा


रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी घोषणा गर्दै कार्यालय उद्घाटन गरिएको हो।

सो अवसरमा नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले आगामी दिनमा भौतिक विकाससँगै सामाजिक तथा मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभयो।

उहाँले रुपन्देहीमा भएको भौतिक विकास धेरैका लागि सिकाइको थलो बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि र जीवनस्तर उकास्ने खालका योजनामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘भौतिक विकाससँगै अब मानवीय विकासलाई अगाडि बढाउन आवश्यक छ,’ पौडेलले भन्नुभयो, ‘रोजगारी सिर्जना, जीवनस्तर उकास्ने योजना र समृद्ध रुपन्देही निर्माण मेरो मुख्य लक्ष्य हो।’

त्यस्तै उहाँले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै मतदातासमक्ष विगतमा गरेका कामको निष्पक्ष मूल्याङ्कन गरेर मत दिन आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ७ : ३५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर