२०८२, १६ चैत्र मंगलबार

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

प्रवक्ता चालिसेले उपसभापति शर्माले स्पष्ट, विनम्र र बोल्ड ढंगले सभापति गगन थापालाई नेतृत्वका लागि अगाडि सार्ने निर्णय भएको जानकारी दिएको बताए। शर्माले नेपालमा देखिएका सम्भावित प्रधानमन्त्रीका उम्मेदवारमध्ये कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार अब्बल क्षमतासहित अग्रपंक्तिमा उभिने दाबी गरेका छन्।

‘नेपालमा देखिएका प्रधानमन्त्रीका उम्मेदवारमध्ये कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ शर्माले भने।

उनले सभापति थापाले परिवर्तित समय र बदलिँदो राजनीतिक स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने क्षमता रहेको विश्वास व्यक्त गरे। मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने प्रयासका रूपमा यस निर्णयलाई लिन कांग्रेसले आग्रह गरेको छ।

संयम, सौम्यता र समावेशी नेतृत्व शैलीलाई अघि बढाउन सक्ने सामर्थ्य गगन थापासँग रहेको पनि शर्माको भनाइ छ।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ७ : २५ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक