२०८२, १६ चैत्र मंगलबार

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा


पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

२०७९ सालको निर्वाचनमा पाल्पावासीले अत्यन्त उच्च मनोबलका साथ ठूलो मत दिएर आफूलाई विजयी गराएको स्मरण गर्दै गैरेले पाँच वर्षका लागि निर्वाचित भए पनि प्रतिनिधिसभा तीन वर्षमै विघटन हुँदा अपेक्षित समय काम गर्न नपाएको बताउनुभयो। यद्यपि करिब पौने तीन वर्षको अवधिमा पाल्पावासीले राखेको विश्वासअनुसार आफूले जिम्मेवारी पूरा गरेको अनुभूति रहेको उहाँको भनाइ छ।

‘काम गर्ने क्रममा केही कमजोरी भएका हुन सक्छन्,’ गैरेले भन्नुभयो, ‘तर विगतका कमजोरीबाट पाठ सिक्दै अब अझ दृढ सङ्कल्पका साथ पाल्पामा सुरु भएका विकासका काम पूरा गर्ने प्रतिबद्धता लिएको छु।’

उहाँले पाल्पाको आर्थिक विकाससँगै पर्यटन, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति र समग्र जिल्लाको विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने स्पष्ट पार्नुभयो। अधुरा योजना पूरा गर्ने, बाँकी सपनालाई यथार्थमा बदल्ने र नयाँ आशा बोकेर पाल्पाको समृद्ध भविष्य निर्माणका लागि पुनः चुनावी मैदानमा आएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८२, १० माघ शुक्रबार  ६ : ५६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक