२०८२, २९ माघ बिहीबार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजकमा देवेन्द्र दाहाल चयन भएका छन्। सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन्।

आज गौरादहमा बसेको निर्वाचन क्षेत्र नं. ५ समन्वय समितिको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो। केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार उक्त परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति पनि गठन गरिएको छ।

परिचालन कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभागका वर्तमान र निवर्तमान सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। साथै प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभिन्न विभाग तथा सल्लाहकारहरूलाई समेत समेटिएको छ।

यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरू, स्थानीय तथा प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि निर्वाचन परिचालन कमिटीमा रहेका छन्। जनसंगठनका केन्द्रीय, प्रदेश तथा पालिका कमिटीका पदाधिकारी र सदस्यहरूलाई पनि परिचालन प्रक्रियामा सक्रिय बनाइएको छ।

निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ। वडा तथा टोलस्तरसम्मका प्रचार समिति आगामी माघ १२ गतेभित्र गठन गरिसक्ने निर्णय गरिएको छ।

परिचालन कमिटी अन्तर्गत गठन गरिएका ९ वटा उपसमितिहरूमा कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम, प्रचार सामग्री व्यवस्थापन उपसमितिको संयोजक होमबहादुर थापा तथा प्रचार–प्रसार उपसमितिको संयोजक दीपक कार्की रहेका छन्।

त्यस्तै आर्थिक व्यवस्थापन उपसमितिको संयोजक रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा, प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल छन्। सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजक इन्द्रप्रसाद भण्डारी र कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन्।

प्रकाशित मिति : २०८२, ९ माघ शुक्रबार  ६ : ४० बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का