२०८२, ९ माघ शुक्रबार

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसहितले अभिभावकत्व लिएर सहजीकरण गरिदिन आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रत्यक्ष रूपमा भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। रास्वपाले गोरखा–२ बाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए तर तत्कालीन चुनावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यसपटक भने प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

यसैगरी, प्रचण्डले पनि भट्टराईलाई फोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ। गोरखा–२ बाट नेकपाका उम्मेदवार लेखनाथ न्यौपाने रहेका छन्।

भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने हालसम्म केही खुलाएका छैनन्।

प्रकाशित मिति : २०८२, ९ माघ शुक्रबार  २ : ०७ बजे

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले