२०८२, ५ माघ सोमबार

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने


काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने भएका छन्।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले युवा नेता दुजाङ शेर्पा लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय बोर्डले शेर्पालाई काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने अनुमोदन गरेको हो।

काठमाडौं–३ क्षेत्रमा यसअघि कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। यस पटकका अन्य प्रतिस्पर्धीमा रास्वपाले राजु पाण्डेलाई टिकट दिएको छ।

राजनीतिक विश्लेषकहरूले काठमाडौं–३ लाई सतत प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा हेरिरहेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान र कांग्रेसका युवा नेता दुजाङ शेर्पा बीचको प्रत्यक्ष भिडन्त यस निर्वाचन क्षेत्रको परिणामलाई अझ रोचक बनाउने देखिन्छ।

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार  १० : १६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा