२०८२, २९ माघ बिहीबार

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली


झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित र निष्पक्ष निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ।

सोमबार आफ्नै निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षाप्रति उदासीन बनेको टिप्पणी गर्नुभयो। देशको समग्र शान्ति सुरक्षा अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘आज स्वयं पत्रकारहरू सेल्फ सेन्सरसिप गर्न बाध्य छन्। कसको पक्षमा लेख्ने, कसको विपक्षमा लेख्ने भन्ने त्रास छ। देशका प्रधानन्यायाधीशले समेत धम्की आएको सार्वजनिक रूपमा भन्नु परेको छ। निर्वाचन आयोग त्रासको वातावरणमा छ। प्रहरीको मनोबल खस्किएको छ। जनताले प्रहरी बस्ने ठाउँ बनाइदिनुपर्ने अवस्था आएको छ। जेल फोड्ने, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका मुद्दा फिर्ता लिने काम भइरहेको छ। यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक नहुने कुरै हुँदैन।’

अध्यक्ष ओलीले झापाका प्रहरी प्रमुख (एसपी) सरुवा गरिएको घटनालाई राजनीतिक दबाबको परिणामका रूपमा चित्रण गर्नुभयो। ‘म २५ वर्षअघि गृहमन्त्री भएको व्यक्ति हुँ। त्यो बेला यस्तो अभ्यास कहिल्यै भएन। निष्पक्ष रूपमा काम गर्न सक्छन् कि भन्ने डरले एसपी सरुवा गरिएको छ। यदि सबै दलले आ–आफ्नो पक्षबाट सुरक्षाकर्मी फेर्न दबाब दिन थाले भने सुरक्षाकर्मीले कसरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न सक्छन्?’ उहाँले प्रश्न गर्नुभयो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मंगलबार उम्मेदवारी दर्ताका लागि गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले आफ्नो कार्यकालमा झापाको मुहार फेर्ने गरी विकासका काम अघि बढाइएको दाबी गर्नुभयो। साथै सञ्चारकर्मीहरूलाई विकासका काम प्रत्यक्ष अवलोकन गरी यथार्थ रिपोर्टिङ गर्न आग्रह गर्नुभयो।

‘यहाँबाट जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस काम भएका छन्। दुर्गम क्षेत्रसम्म उद्यमशीलता विस्तार भएको छ। विशाल औद्योगिक क्षेत्र निर्माणको तयारी भइरहेको छ। कृषिको आधुनिकीकरण र उद्योग स्थापना अन्तिम चरणमा पुगेको छ। यी योजनाले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ,’ अध्यक्ष ओलीले भन्नुभयो। झापामा देखिएको विकासलाई उदाहरण दिँदै उहाँले थप्नुभयो, ‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन्। घर पातला भएका छन्, बाटा बाक्ला भएका छन्। सडकहरू सफा छन्।

कसैले उम्मेदवार आउँदैछ भनेर बाटा सफा गरिएको हो भन्न सक्छ, तर आधारभूत विकासका काम भएका छन्। विकास निरन्तर प्रक्रिया हो। शिक्षामा उत्तरतिर राम्रो प्रगति भएको छ, अब दक्षिणतिर थप ध्यान दिन आवश्यक छ।’

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार  ६ : ४० बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का