२०८२, २९ माघ बिहीबार

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् ।

खरेलले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। रास्वपा स्रोतका अनुसार उनी ललितपुर–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

यसैबीच, मन्त्री खरेल राजीनामा पत्रसहित प्रधानमन्त्री कार्यालय पुगेको जनाइएको छ। उम्मेदवारी दर्ताअघि नै सरकारबाट बाहिरिने निर्णय लिँदै उनले चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेका हुन् ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त नहुने निष्कर्षसहित खरेलले राजीनामा दिने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार  ६ : ३५ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का