काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् ।
खरेलले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। रास्वपा स्रोतका अनुसार उनी ललितपुर–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।
यसैबीच, मन्त्री खरेल राजीनामा पत्रसहित प्रधानमन्त्री कार्यालय पुगेको जनाइएको छ। उम्मेदवारी दर्ताअघि नै सरकारबाट बाहिरिने निर्णय लिँदै उनले चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेका हुन् ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त नहुने निष्कर्षसहित खरेलले राजीनामा दिने निर्णय गरेको बताइएको छ ।






प्रतिक्रिया