२०८२, २९ माघ बिहीबार

निर्वाचन आचारसंहिता आजदेखि लागू

निर्वाचन आचारसंहिता आजदेखि लागू


काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याएको हो।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता स्वीकृत गरी लागू गरिएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र आयोगबाट अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।

आचारसंहिताको दायरा नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, संघ–प्रदेश–स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी तथा अर्धसरकारी संस्था, सार्वजनिक संस्थानका कार्यालय तथा कर्मचारीसम्म विस्तार गरिएको छ।

यसैगरी राजनीतिक दल, दलका भातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति तथा अनुगमनकर्तालाई पनि आचारसंहिता लागू हुनेछ।

आचारसंहिताको दायरामा पर्यवेक्षण संस्था, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक–कर्मचारी, विकास साझेदार संस्था र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था पनि परेका छन्।

त्यस्तै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी र कामदारलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार  १० : ३० बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का