काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले नेपाली समाजबीचको एकतालाई थप सुदृढ गर्दै आर्थिक तथा सामाजिक रूपमा समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
सोनाम ल्होसारको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले तामाङ समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको समाजलाई राष्ट्रिय एकतामा बाँध्न यस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।






प्रतिक्रिया