२०८२, ३ माघ शनिबार

प्रधानमन्त्री कार्की-अन्तर्राष्ट्रिय शक्तिको मिलेमतोमा कांग्रेस-एमाले ध्वस्त पार्ने षडयन्त्र : सचिव महेश बस्नेत

प्रधानमन्त्री कार्की-अन्तर्राष्ट्रिय शक्तिको मिलेमतोमा कांग्रेस-एमाले ध्वस्त पार्ने षडयन्त्र : सचिव महेश बस्नेत


काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले कांग्रेसको भित्री विभाजनमा प्रधानमन्त्री सुशीला कार्की सक्रिय रहेको आरोप लगाउँदै तीव्र आलोचना गरेका छन्। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भने, “प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई भत्काएर रवि लामिछाने जस्ता व्यक्तिगत खेलाडीलाई बलियो बनाउने षडयन्त्र गरिरहेका छन्।

यो लोकतन्त्रमाथि प्रत्यक्ष आक्रमण हो। कांग्रेस-एमाले कमजोर पारेर शक्ति सन्तुलन तोड्ने यो रणनीति देशका लागि गम्भीर खतरा हो।” बस्नेतले निर्वाचन आयोगको छिटो निर्णय पूर्ण रूपमा कानूनविपरीत भएको र राजनीतिक सेटिङमा गरिएको ठानेको समेत स्पष्ट पारे। उनका अनुसार, कांग्रेस-एमाले कमजोर पार्ने र व्यक्तिगत राजनीतिक फाइदा सुनिश्चित गर्ने यो खेल लोकतान्त्रिक अभ्यास र संविधानको लागि चुनौतीपूर्ण संकेत हो।

“यो देशको लोकतन्त्र र पार्टी संरचनामाथि प्रत्यक्ष हमला हो। हामी यसलाई कडा शब्दमा अस्वीकार गर्छौं,” बस्नेतले थपे।

प्रकाशित मिति : २०८२, ३ माघ शनिबार  ६ : ५७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको