२०८२, १६ चैत्र मंगलबार

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा


काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै कानुनी र राजनीतिक मोर्चामा संघर्ष गर्ने घोषणा गरेको छ। देउवा पक्षको केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले यस सम्बन्धमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने अख्तियारी दिएको हो।

बैठकले आयोगको निर्णयलाई नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको एकलौटी निर्णय दुराशयपूर्ण र दूषित मनसायबाट प्रेरित भएको’। बैठकले तथाकथित विशेष महाधिवेशनको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी निर्णय गरिएको निष्कर्ष निकालेको छ।

देउवा पक्षले कानुनी उपचार खोज्नुका साथै राजनीतिक प्रतिवादमा पनि सक्रिय रहन निर्णय गरेको छ। यसअघि पार्टीभित्रको यो विवाद चुनावी रणनीति र नेतृत्व प्रतिस्पर्धासँग जोडिएको छ।
बैठकले पार्टी एकता, विधान र लोकतान्त्रिक प्रक्रिया सुरक्षित राख्न कानुनी र राजनीतिक मोर्चामा एकसाथ कदम चाल्ने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ५ : ३८ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक