२०८२, १६ चैत्र मंगलबार

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास


काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै गएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पार्टी फुट र आन्तरिक द्वन्द्वलाई रोक्न सबै नेता–कार्यकर्तालाई एकता कायम राख्न आह्वान गरेको छ।

बैठकका निर्णयबारे पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै भने, “कांग्रेसका अगाडि चुनौतीका पहाड छन्। हामी सबै एकतामा केन्द्रित भएर अघि बढ्नुपर्ने अवस्था छ। जनतालाई पार्टीसँग जोड्नु र आगामी प्रतिनिधिसभा निर्वाचनमा मजबुत भूमिका खेल्नु आवश्यक छ।”

बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टीलाई सुदृढ बनाउने भूमिकामा सक्रिय रहन आग्रह गरेको छ। यसैबीच, बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र अभिभावकीय भूमिकामा रहन आग्रह गरेको छ। चालिसेका अनुसार देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गरिएको छ।

“आगामी दिनमा पनि देउवाको अभिभावकीय भूमिका रहने विश्वास पार्टीले लिएको छ,” उनले जोड दिए। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा पार्टी उम्मेदवार चयन प्रक्रियामा केन्द्रित रहेको पनि प्रवक्ताले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  २ : ५४ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक