काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज शनिबार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सभापति गगन थापाले बिहान ११ः३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बोलाएका हुन्। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे समग्र समीक्षा गरिने जनाइएको छ।
बैठकको प्रमुख एजेन्डामा माघ ६ गते प्रतिनिधि सभामा प्रस्तुत हुने उम्मेदवारी, राष्ट्रिय सभा निर्वाचनको तयारी तथा विशेष महाधिवेशनका क्रममा छुटेका पक्षधरलाई समेट्ने विषयमा छलफल हुनेछ।
निर्वाचन आयोगको निर्णयपछि उत्पन्न राजनीतिक तथा सांगठनिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट गर्ने र आगामी रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको नेताहरूले बताएका छन्।






प्रतिक्रिया