२०८२, १६ चैत्र मंगलबार

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज


काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज शनिबार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

सभापति गगन थापाले बिहान ११ः३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बोलाएका हुन्। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे समग्र समीक्षा गरिने जनाइएको छ।

बैठकको प्रमुख एजेन्डामा माघ ६ गते प्रतिनिधि सभामा प्रस्तुत हुने उम्मेदवारी, राष्ट्रिय सभा निर्वाचनको तयारी तथा विशेष महाधिवेशनका क्रममा छुटेका पक्षधरलाई समेट्ने विषयमा छलफल हुनेछ।

निर्वाचन आयोगको निर्णयपछि उत्पन्न राजनीतिक तथा सांगठनिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट गर्ने र आगामी रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  १० : ४५ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक