२०८२, १६ चैत्र मंगलबार

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको ज्यान आज पनि जोखिममा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूलाई मुद्दा लगाउने धम्की दिइरहेको र एमाले नेताका घरमा आगजनीसमेत भइरहेकाले अवस्था अझै सहज नभएको बताए।

‘आज पनि ज्यान जोखिममा छ। अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनेर धम्की दिइरहेकै छन्। खोजीखोजी घरमा आगो लगाइरहेकै छन्। अहिले सजिलो छ र?’ अध्यक्ष ओलीले भने, ‘एमाले भयो भने घरमा आगो लगाउँछु भनेका मात्रै होइनन्, आगो लगाएका छन्। अहिले पनि अवस्था सजिलो छैन।’

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेसम्मका गतिविधि गर्नेहरू खुलेआम गर्वका साथ हिँडिरहेको आरोप लगाए।

अध्यक्ष ओलीले हिजोजस्तै आज पनि पार्टी नेतृत्वमा त्यागको भावना कायमै रहेको उल्लेख गर्दै बिना त्याग संसार परिवर्तन सम्भव नहुने धारणा राखे। ‘हिजो पनि त्याग थियो, आज पनि त्यागको भावना छ। त्यागबिना संसार बदल्न सकिँदैन,’ उनले भने।

प्रकाशित मिति : २०८२, २ माघ बिहीबार  ५ : ३८ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक