२०८२, १९ फाल्गुन बुधबार

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो


काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी रहेको छ। विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षसँग संवाद थालेको हो।

विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी छन्। संस्थापन पक्षबाट देउवा समूहका रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला समूहका जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।

यद्यपि विशेष पक्षले सभापति देउवासहित संस्थापन नेतृत्वलाई वार्तामा बोलाए पनि देउवा स्वयं भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका छैनन्। उल्टै, उनले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत प्रवाह गरिरहेका छन्।

विशेष महाधिवेशन पक्षले पार्टीका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरिसकेको दाबी गर्दै आएको छ। संस्थापन पक्षले बेवास्ता गरे आजैदेखि विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको छ।

बालुवाटारमा जारी यो वार्ताले विशेष महाधिवेशनको आगामी दिशा—सहमति, टकराव वा औपचारिक विभाजन-के हुने भन्ने विषयमा निर्णायक प्रभाव पार्ने नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  ९ : ५७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको