२०८२, २८ पुस सोमबार

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या


काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३ वर्षीय वृद्धको हत्या गरिएको खुलासा भएको छ। इलाम घर भई ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका गर्जमान थापाको हत्या गरी शव सेतो बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार थापाको २६ पुस दिउँसो करिब ५ बजे चक्कुले घाँटी रेटेर हत्या गरिएको हो। हत्या आरोपमा भारतीय नागरिक २३ वर्षीय सदधाम मन्सुरसहित तीन जना पक्राउ परेका छन्।

गर्जमान २६ पुस दिउँसो हराएपछि खोजी गरिएको थियो। दुई दिनपछि बसोबास क्षेत्र नजिकैको इनारभित्र शंकास्पद बोरा देखिएपछि प्रहरीलाई खबर गरिएको र त्यहीँबाट शव बरामद भएको हो।

प्रहरीका अनुसार मन्सुर काम गर्ने प्लाइउड कारखानामा वृद्ध आउने–जाने भएकाले चिनजान थियो। सोही अवसरमा औंठी लुट्ने नियतले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या पछि हातखुट्टा बाँधेर शव इनारमा फालिएको र लुटिएको औंठीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मन्सुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : १४ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३