२०८२, २८ पुस सोमबार

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधिहरू धमाधम भृकुटीमण्डप प्रवेश गर्न थालेका छन्।

बिहानैदेखि भृकुटीमण्डप परिसरमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। देशभरबाट आएका प्रतिनिधिहरू आ–आफ्नो परिचयपत्रसहित बन्दसत्र स्थल प्रवेश गर्दैछन् भने नेतृत्व तहका नेताहरू आन्तरिक छलफलमा व्यस्त देखिन्छन्।

महाधिवेशन प्रचार–प्रसार समितिका अनुसार बन्दसत्रको सुरुआत विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने कार्यतालिकाबाट हुनेछ। त्यसपछि नौ वटा समूह निर्माण गरी चार वटा प्रमुख विषयमा नीति मन्थन गरिने कार्यक्रम रहेको छ।

पार्टीभित्र देखिएको आन्तरिक मतभेदका बीच भइरहेको यो बन्दसत्रलाई कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक निर्णयका हिसाबले महत्वपूर्ण मानिएको छ। बन्दसत्रबाट आउने निष्कर्षप्रति कांग्रेस नेतृत्वदेखि आम कार्यकर्तासम्मको चासो केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ११ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई