२०८२, २६ पुस शनिबार

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी


काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई नयाँ नाम थप गरेको छ। समानुपातिक सूचीमा रहेका दुई उम्मेदवारले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएपछि उनीहरूको सट्टा दैलेखकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम समावेश गरिएको हो।

एमालेले शुक्रबार बेलुकी ती नाम निर्वाचन आयोगमा पेश गरेको र उक्त प्रक्रिया संयोजन गरिरहेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिएका छन्। यसअघि समानुपातिक बन्दसूचीमा समावेश रहेकी लीलाकुमारी भण्डारी र सोमनाथ पोर्तेलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको उम्मेदवारी फिर्ता लिएका थिए। भण्डारीको नाम बन्दसूचीको १० नम्बरमा रहेको थियो भने पोर्तेलको नाम दलिततर्फ १३ र दलित पुरुषतर्फ ५ नम्बरमा थियो।

एमालेले राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशबाट पोर्तेल र सुदूरपश्चिम प्रदेशबाट भण्डारीलाई उम्मेदवार बनाएको छ। उनीहरूले पुस २२ गते राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएका थिए।

उनीहरूको स्थानमा समावेश भएकी सत्यदेवी खड्का एमाले सम्पर्क मञ्चमा सक्रिय रहँदै आएकी छन्। टेकबहादुर घतानी दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६ का स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  १० : ५९ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,