काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन्।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री अनुपस्थित रहेको पार्टीका नेताहरूले बताएका छन्।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई बोलाइएको थियो। तर बैठकमा महामन्त्री थापा र शर्मा भने उपस्थित भएनन्।
महामन्त्रीद्वयले यसअघि विशेष महाधिवेशन बोलाउने प्रक्रिया अघि बढाइसकेका छन्। उनीहरूको पहलमा आगामी २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गरिएको छ।
महामन्त्रीहरूको अनुपस्थितिलाई विशेष महाधिवेशन र वर्तमान नेतृत्वबीच बढ्दै गएको आन्तरिक मतभेदसँग जोडेर हेरिएको छ।






प्रतिक्रिया