२०८२, १६ चैत्र मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

सहभागी भएनन् गगन-विश्व


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन्।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री अनुपस्थित रहेको पार्टीका नेताहरूले बताएका छन्।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई बोलाइएको थियो। तर बैठकमा महामन्त्री थापा र शर्मा भने उपस्थित भएनन्।

महामन्त्रीद्वयले यसअघि विशेष महाधिवेशन बोलाउने प्रक्रिया अघि बढाइसकेका छन्। उनीहरूको पहलमा आगामी २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गरिएको छ।

महामन्त्रीहरूको अनुपस्थितिलाई विशेष महाधिवेशन र वर्तमान नेतृत्वबीच बढ्दै गएको आन्तरिक मतभेदसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  १० : ४६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक