२०८२, २५ पुस शुक्रबार

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा हुँदैछ। उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने तयारी भइरहेकाले महाधिवेशन आयोजक समितिले विभिन्न रुट निर्धारण गरेको छ।

जुलुस बिहान ११ बजे निस्कने तयारी गरिएको छ र ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट भृकुटीमण्डप तर्फ बढ्नेछन्। देशका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्।

जुलुस निस्कने मुख्य रुटहरू:

  • रुट १ – सुन्धारा: चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिम र काठमाडौंका निर्वाचन क्षेत्र ८, ९, १० का सहभागी। वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप।
  • रुट २ – रत्नपार्क: नुवाकोट, रसुवा, धादिङ, काठमाडौंको उत्तरी भाग र क्षेत्र ५, ६, ७। पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।
  • रुट ३ – पद्मकन्या क्याम्पस: बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा। पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप।
  • रुट ४ – शंकरदेव क्याम्पस: भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं क्षेत्र २, ३। पुतलीसडक, पद्मोदय मोड हुँदै महाधिवेशन स्थल।
  • रुट ५ – कमलपोखरी: काठमाडौं क्षेत्र १, ४। चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप।
  • रुट ६ – कुपण्डोल: ललितपुर, मकवानपुर। कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।

नेता जगदीश्वर नरसिंह केसीका अनुसार, सबै रुटबाट आएका जुलुस भृकुटीमण्डपमा भेला भई उद्घाटन समारोहमा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ४ : १९ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको