२०८२, १६ चैत्र मंगलबार

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा हुँदैछ। उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने तयारी भइरहेकाले महाधिवेशन आयोजक समितिले विभिन्न रुट निर्धारण गरेको छ।

जुलुस बिहान ११ बजे निस्कने तयारी गरिएको छ र ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट भृकुटीमण्डप तर्फ बढ्नेछन्। देशका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्।

जुलुस निस्कने मुख्य रुटहरू:

  • रुट १ – सुन्धारा: चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिम र काठमाडौंका निर्वाचन क्षेत्र ८, ९, १० का सहभागी। वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप।
  • रुट २ – रत्नपार्क: नुवाकोट, रसुवा, धादिङ, काठमाडौंको उत्तरी भाग र क्षेत्र ५, ६, ७। पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।
  • रुट ३ – पद्मकन्या क्याम्पस: बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा। पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप।
  • रुट ४ – शंकरदेव क्याम्पस: भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं क्षेत्र २, ३। पुतलीसडक, पद्मोदय मोड हुँदै महाधिवेशन स्थल।
  • रुट ५ – कमलपोखरी: काठमाडौं क्षेत्र १, ४। चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप।
  • रुट ६ – कुपण्डोल: ललितपुर, मकवानपुर। कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल।

नेता जगदीश्वर नरसिंह केसीका अनुसार, सबै रुटबाट आएका जुलुस भृकुटीमण्डपमा भेला भई उद्घाटन समारोहमा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ४ : १९ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक