२०८२, २९ माघ बिहीबार

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान


काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको प्रस्तावको विपक्षमा उभिँदै आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्व र सदस्यहरूलाई आग्रह गरेका छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट यी १७ भ्रातृ संगठनले संयुक्त अपिल जारी गर्दै, “हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौं। नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ सम्म तोकिएको र फाल्गुन २१ गते आमनिर्वाचन सम्पन्न हुन लागिरहेको अवस्थामा पार्टी एकता कायम राखेर चुनावमा केन्द्रित हुनुको विकल्प छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अपिलमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित र जिम्मेवारीपूर्ण व्यवहार गर्न र सबैको सहअस्तित्वलाई स्वीकार गरी सहमतिका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ।

साथै, पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पूर्व उपसभापति विमलेन्द्र निधिलगायत अन्य नेताहरूप्रति गरिएको अपमानजनक व्यवहारको कडा निन्दा समेत गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  १ : ३६ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का