२०८२, २२ चैत्र सोमबार

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो


सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन क्षेत्रमा खटिने नेपाल प्रहरीलाई सघाउनका लागि १५ सय २२ जना भर्ना गर्नका लागि आवेदन खुला गरेको हो ।
जारी सूचनामा १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले २०८२ माघ १ गतेसम्म बिहान १० बजेदेखी ४ बजेसम्म आवेदन दिने समय तोकेको छ । बिहिवार जारी गरिएको सूचनामा सेवा र सुविधा समेत उल्लेख गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल सिन्धुली तर्फ पनि १७९ जना निर्वाचन प्रहरीको माग गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सूचनालाई एकिकृतगर्दै नियुक्ती समितिले उक्त सूचना जारी गरेको हो । यो सँगै सिन्धुलीमा १७ सय १ जना निर्वाचन प्रहरीको भर्ना आब्ह्वान गरिएको हो ।

सिन्धुलीका राजनैतिक दलले समानुपातिक तथा प्रत्यक्ष तर्फका उमेदवारहरुको नाम शिफारिश गरेर पठाएका बेला एकै साथ १७ सय निर्वाचन प्रहरी भर्ना गर्ने तयारीसँगै मूलुकमा निर्वाचन प्रक्रियामा अगाडि बढेको छ ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  १० : १४ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको