२०८३, २९ असार मंगलबार

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै


काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तालिका तय गरिएको छ, जसमा तीन वटा अध्यादेश स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएअनुसार, बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’, र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ स्वीकृत गर्नका लागि प्रस्ताव पेस गर्नेछन्।

त्यसैगरी, राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसका साथै, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको २०८०-८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०८२, २२ चैत्र सोमबार  ८ : ०५ बजे

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका