२०८२, १६ चैत्र मंगलबार

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति


काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो जिम्मेवारी सम्हालेको पहिलो वर्ष (७ जनवरी २०२५–७ जनवरी २०२६) सफलतापूर्वक पूरा गरेका छन्। यस अवधिमा राजदूतावासले शिक्षा, श्रम, लगानी, पर्यटन, मानविक सहयोग र सांस्कृतिक आदानप्रदानमा उल्लेखनीय काम गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

राजदूतावासमार्फत कोरियामा अध्ययनरत १५ हजारभन्दा बढी नेपाली विद्यार्थीको समस्या सुन्ने, भिसा प्रक्रियामा सहजता ल्याउने, छात्रवृत्ति र अध्ययनपछि रोजगारीका अवसरको सुनिश्चितता गर्न पहल गरिएको छ। नेपाली प्राध्यापकहरूसँगको बैठकमार्फत कोरियाली शिक्षण प्रणाली र नेपालमा लागू गर्न सकिने विधिहरूको विषयमा छलफल गरिएको थियो।

मानवीय सहयोगमा पनि दूतावास सक्रिय देखिएको छ। कोरियामा दुःख्द निधन भएका ३१ नेपाली कामदारको शव नेपाल पठाइएको छ भने मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मनोसामाजिक परामर्श र उपचारमा सहयोग गरिएको छ। ‘सुनौं सिकौं’ कार्यक्रममार्फत दैनिक गुनासा र जिज्ञासाहरू समाधान गर्ने कार्य भइरहेको छ।

त्यस्तै, कोरियाली कम्पनी र सरकारी निकायसँगको समन्वयमार्फत नेपालमा जलविद्युत्, स्मार्ट सिटी, रेल पूर्वाधार, कृषि र पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गरिएको छ। सांस्कृतिक क्षेत्रमा पनि ‘नेपाल डे २०२५’, उल्सान फिल्म फेस्टिभल र बहुसांस्कृतिक महोत्सवमार्फत नेपालको जीवन्त संस्कृति, लोकसङ्गीत, नृत्य र हिमालको सुन्दरता विश्वमाझ प्रस्तुत गरिएको छ।

राजदूतावासबाट राहदानी, भिसा, विवाह–दर्ता, जन्म–दर्ता, नागरिकता र अन्य कन्सुलर सेवा प्रदान गरी १९,२७४ नेपाली लाभान्वित भएका छन्। यसरी डा. तुम्बाहाम्फे नेतृत्वमा कोरियामा नेपालको कूटनीति, सामाजिक, शिक्षा र सांस्कृतिक सम्बन्धलाई गतिशील बनाउँदै देशको सम्मान र हित सुनिश्चित गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ४ : ०१ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक