२०८२, २५ फाल्गुन मंगलबार

प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई समसामयिक निर्देशन

प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई समसामयिक निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले देशभरका मातहत प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा केन्द्रित रहँदै भर्चुअल कन्फरेन्समार्फत निर्देशनात्मक सम्बोधन गर्नुभएको छ।

भर्चुअल कन्फरेन्समार्फत सम्पन्न उक्त कार्यक्रममा वर्तमान शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण, सार्वजनिक सुरक्षाको सुदृढीकरण, संगठनात्मक अनुशासन तथा जनमैत्री प्रहरी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो।

महानिरीक्षक कार्कीले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि हुने गरी कानुनी दायरा भित्र रहेर निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले समसामयिक सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उच्च सतर्कता, पेशागत जिम्मेवारी र आपसी समन्वयका साथ काम गर्न मातहत निकायहरूलाई आग्रह गर्नुभयो।

त्यस्तै, अतिरिक्त महानिरीक्षक चतुर्बेदीले प्रहरी संगठनलाई अझ व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने दिशामा नेतृत्व तहदेखि तल्लो तहसम्म एकरूपता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अपराध रोकथाम, सेवाग्राहीमैत्री व्यवहार तथा संगठनात्मक मर्यादाको पालनामा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

कार्यक्रममा देशभरका विभिन्न प्रहरी कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो। भर्चुअल माध्यमबाट सम्पन्न यस निर्देशनात्मक कार्यक्रमले प्रहरी संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ३ : ०० बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल