काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले नेताहरूलाई भित्र प्रवेश गर्न रोक्दा केही क्षणको तनाब उत्पन्न भएको छ।
कार्यसम्पादन समिति बैठकका लागि पार्टी कार्यालय पुगेका नेताहरू वैकल्पिक गेटमार्फत प्रवेश गर्न बाध्य भएका थिए। यस क्रममा कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही नेतासँग हल्का झगडा पनि भएको बताइएको छ।

आज बिहान ११ बजे तय गरिएको बैठक १ बजेका लागि सरेको छ, तर हालसम्म सुरु हुन सकेको छैन।






प्रतिक्रिया